साउन ६, विराटनगर । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास र्पुयाउने काम विराटनगरमा सुरु भएको छ ।
विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास र्पुयाउन थालिएको समाचार गोरखापत्र दैनिकमा छ ।
उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ ।








