साउन ६, कपिलवस्तु । भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँधका कारण नेपालमा करिब सय बिघामा लगाइएको धानबाली डुबानमा परेको छ ।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे । अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।
बाँधका कारण कर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा परेको हो ।








