०३ बैशाख २०८३ , बिहिबार

दोस्रो अभ्यास खेलमा नेपाल १९ रनले पराजित

साउन ८, काठमाडौँ । युरोप टुरमा रहेको नेपाली क्रिकेट टोली टि–२० ‘फम्र्याट’मा भएको दोस्रो अभ्यास खेलमा सेन्ट क्रससँग १९ रनले पराजित भएको छ ।

 

नियमित कप्तान पारस खड्कालाई आराम दिइएको खेलमा नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले जिम्मी एडम्सको अर्धशतक मद्दतम २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । एडम्सले ७२ तथा फेलिक्स ओर्गानले ३९ रन बनाए । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

 

१६९ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिल शाहले अर्धशतक प्रहार गरेपनि खेल जित्न पर्याप्त भएन । नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । अनिलले सर्वाधिक ५६ रन बनाए भने बरिफ शेखले ३४, ज्ञानेन्द्र मल्लले १८, सोमपाल कामीले १० तथा सुवास खकुरेलले १० रन जोडे । बलिङमा सेन्ट क्रसका फेलिक्स ओर्गानले ३ तथा ह्यारी ट्रसलरले २ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *