०७ बैशाख २०८३ , सोमबार

नेपालले आज दोस्रो ओडिआई खेल्दै

साउन १८, काठमाडौँ । डेब्यु ओडिआई खेल गुमाएको नेपाली क्रिकेट टोलीले आज दोस्रो ओडिआई खेल खेल्दैछ । नेपाली समयअनुसार दिउँसो २ : ४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा खेल सुरु हुनेछ ।

 

अगस्ट १ मा भएको पहिलो ओडिआईमा नेपालले नेदरल्याण्ड्सलाई ५५ रनले खेल सुम्पेको थियो । पहिलो खेलमा भएको ब्याटिङको कमजोरीलाई सुधार्दै आज हुने दोस्रो खेल जित्ने नेपालको दाउ रहेको छ ।

 

पहिलो खेलमा नेपालका चार खेलाडी शुन्यमा आउट भएका थिए भने पहिलो इनिङ्समा चोट लागेका ब्याट्सम्यान शरद भेषावकरले अन्तिम नम्बरमा ब्याटिङ गरेका थिए । चार खेलाडीले रनको खाता खोल्न नसक्नु र शरदको चोटका कारण नेपालले गतिलो सुरुवात गरेर पनि १९० नरको लक्ष्य भेट्टाउन सकेको थिएन ।

तर आज हुने दोस्रो खेल जित्दै ऐतिहासिक ओडिआई सिरिज बराबरी गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *