०३ बैशाख २०८३ , बिहिबार

तोकिएको समयमा काम नसक्दा माथिल्लो तामाकोशीको लागत दोब्बर पुग्ने

साउन १८, काठमाडौँ । तोकिएको समयमा काम नसकिएपछि आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाको लागत झण्डै दोब्बर पर्ने भएको समाचार कान्तिपुर दैनिकले लेखेको छ । तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएपछि लागत बढ्ने भएको हो ।

 

समाचारका अनुसार दश वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । हाल आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ ।

 

यो निर्माण अवधिको ब्याजबाहेकको लागत अनुमान हो । गत वर्ष असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ छ । अहिलेकै अवस्थामा ब्याजसहित आयोजनाको लागत करिब ६० अर्ब पुग्नेछ ।

 

निर्माण अवधिको ब्याज अझै बढ्ने भएकाले आयोजनाको लागत दोब्बर पुग्न सक्छ । यसको ब्याज आर्थिक वर्ष २०७२÷०७३ को अन्त्यसम्म ६ अर्ब ७७ करोड ९० लाख थियो । एक वर्षमा ब्याज चार अर्बले बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *