साउन १०, रसुवा । रसुवाको टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । पहिरोका कारण अझै ११ जना सम्पर्कविहीन भएका छन् भने १२ जना घाइते छन् ।

सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ । सदरमुकामबाट टिमुरे जाने बाटोको विभिन्न स्थानमा समेत पहिरो खसेको छ ।









