०४ बैशाख २०८३ , शुक्रबार

दशैं उपहारमा मेलम्ची पानी ‘असम्भव’

साउन १०, सिन्धुपाल्चोक । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ ।

 

नागरिक दैनिकमा छापिएको समाचारअनुसार गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान (सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

 

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएकाले असोजमा मेलम्ची पानी उपत्यका नआउने लगभग निश्चित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *