साउन ११, काठमाडौँ । बिहीबाबारको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई वटा बनाएको छ ।
कान्तिपुर दैनिकमा लेखिएको समाचार अनुसार मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।
एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयका अधिकारीले जनाए ।








