०२ बैशाख २०८३ , बुधबार

पानीमा पनि भ्याट

साउन ११, लललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

 

समाचारका अनुसार गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत भ्याट भनेर थप असुलिन्छ ।

 

अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् ।

 

सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *