साउन १३, सल्यान । सल्यानमा प्रहरीले होटलभन्दा राम्रो हिरासत बनाएको छ ।
सदरमुकाममा बनाइएको हिरासत कक्षमा सफा र चिटिक्क परेका बेड, सफा ओढ्ने ओछ्याउने, झ्यालको व्यवस्था र कैदीबन्दीलाई पत्रिकाहरु पढ्ने व्यवस्था गरिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई वटा मात्र कोठा थिए । त्यहाँ कम्तिमा २५ जनालाई कोचेर राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपथ्र््यो । अँध्यारो कोठा भएकाले दिउँसै बत्ति बाल्नुपर्ने अवस्था थियो भने ओढ्ने ओछ्याउने पनि मुस्किलले पुग्थ्यो ।








