साउन १४, काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट बर्खास्तको सिफारिसमा परेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आयोगको वैधतामाथि नै चुनौती दिएका छन् ।

आयोगको प्रतिवेदनको आधारमा कारबाही सिफारिसमा परेका ४३ जनाकै नाम सार्वजनिक भएपछि उनीहरु आयोगविरुद्ध खनिएको कान्तिपुर दैनिकमा छापिएको समाचारमा उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनले दोषी ठहर गरेका उपकुलपति तीर्थ खनिया, रजिष्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठीलगायतका पदाधिकारीले विश्वविद्यालयका तर्फबात शनिबार विज्ञप्ति जारी गराउँदै आयोग अध्यक्ष कार्कीमाथि नै छानबिन र कारबाही माग गरेका हुन् ।








