साउन १४, काठमाडौँ । डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको कान्तिपुर दैनिकमा समाचार छ ।
सरकारले संसद्मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो ।
आइतबार २ बजे सैद्धान्तिक छलफल सकिएलगतै विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको गणना सुरु भएको छ ।








