०२ बैशाख २०८३ , बुधबार

मन्त्रीले रोके सवारी लाईसेन्सको अनलाइन आवेदन

साउन १४, काठमाडौँ । देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) का लागि अनलाईनबाट फारम भर्ने काम आईतबार सुरु भएको छ ।

 

यातायात व्यवस्था कार्यालय लहानबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मौखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । लाईसेन्सका अनलाईन आवेदन एकाएक रोकिएपछि कार्यालयमा आउने सयौँ सेवाग्राही त्यत्तिकै फर्किन बाध्य भएका छन् ।

 

गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *