साउन १७, काठमाडौँ । छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पटक–पटक अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्बाहीको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन् ।
हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसँगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए ।








