०३ बैशाख २०८३ , बिहिबार

मोहना नदीमा दुर्लभ डल्फिनको बाक्लो चहल–पहल

साउन १८, काठमाडौँ । आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचारमा नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको उल्लेख छ ।

 

मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् ।

 

नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन तथा अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा बच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्रा. डा. मुकेश चालिसे जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *