साउन २४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिने निर्णय गरेको छ । विहीबार बसेको सचिवालय बैठकले संघ र प्रदेशका सांसदहरुको हकमा भने त्यस्तो बन्देज लगाएको छैन ।

पार्टीको तल्लो तहको एकीकरणलाई सहज बनाउन यो निर्णय गरिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
संघीय र प्रादेशिक सांसदलाई भने जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव नदिने निर्णय भएको छ ।
त्यस्तै बैठकले पार्टी मुख्यालय धुम्बाराही र जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरू पेरिसडाँडामा राख्ने निर्णय पनि गरेको छ ।








