साउन २४, काठमाडौँ । २४ औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

उक्त कार्यक्रममा पौडेलले जनजाति नेताहरुले टीका लगाउनु हुँदैन भनेर भाषण गर्ने तर, दौडिएर राजा कहाँ टीका लगाउन जाने गरेको टिप्पणी गरे । ‘केपी ओली मधेस विरोधी हो भन्ने तर, सत्ताका लागि ओली कहाँ दौडिएर जाने गर्नु भएन’, संघीय समाजवादी फोरमलाई संकेत गर्दै पौडेलले भने, ‘यसले जनता पीडित भएका छन् ।’
पौडेलले अरूले नारामा मात्र समावेशितालाई सीमित गरेको बताउँदै आफ्नो पार्टीले त्यसलाई कार्यान्वयन गरेको दाबी समेत गरे ।








