०७ बैशाख २०८३ , सोमबार

बाढीले बगाउँदा भारतमा २२ को मृत्यु

साउन २४, नयाँ दिल्ली । बाढी पहिरोले बगाउँदा भारतको केरला राज्यमा २२ जनाको ज्यान गएको छ ।

 

अत्यधिक वर्षापछि आएको बाढी पहिरोले सयौँ बेपत्ता भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

 

मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ ।

 

केरला राज्यका मुख्यमन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ वर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *