०३ बैशाख २०८३ , बिहिबार

नेपालमा पनि ‘सिग्नेचर पुल’ बन्ने

साउन २६, काठमाडौँ । नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको समाचार गोरखापत्र दैनिकमा समाचार छ ।

अधिकांश पुल परम्परागत रूपमा रहेको नेपालमा चाँडै सिग्नेचर पुल निर्माण थालनी गरिने भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिए ।

 

देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको प्रमुख थापाले बताए ।

 

यस्ता पुलले विशेषगरी पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *