०५ बैशाख २०८३ , शनिबार

एक वर्षमा ४९ हजार बिरामीको निःशुल्क उपचार

साउन २९, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले आर्थिक वर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी नेपालका विभिन्न गाउँमा ६५ ओटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

 

अधिकृत दाहालले पूर्वका १० जिल्लामा सञ्चालित शिविरबाट २७ हजार ३ सय ६५ महिला र २१ हजार ८ सय ४६ पुरुषको निःशुल्क उपचार गरिएको बताए । मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, सप्तरी र उदयपुरमा शिविर सञ्चालन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *