साउन ३०, काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि स्वतः कमजोर बन्दै गएको छ ।

नेपालको अर्थतन्त्र कमजोर हुनाको साथै नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) प्रणाली कार्यान्वयन भएका कारण यस्तो भएको हो । हाल भारु १०० को विनिमय दर नेरु १६० रुपैयाँ छ। डलरको तुलनामा भारु कमजोर हुँदै जाँदा नेपाली मुद्रा पनि कमजोर हुँदै गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११२ रुपैयाँ १४ पैसा बिक्रीदर रहने गरी विनिमय दर निर्धारण गरेको थियो । यस्तै गत वर्ष असार मसान्तमा यो दर १०२ रुपैयाँ २४ पैसामात्र थियो ।







