०४ चैत २०८२ , बुधबार

बारामा ५१ जना तेस्रोलिङ्गी मतदाता

कलैया- नीलहिरा समाज बाराले जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेकामा स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर साहबाट थाहाभएको छ । जिल्लामा एक हजारसम्म तेस्रोलिङ्गी हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम समावेश नभएको मुख्य कारण नागरिकता नभएका, नागरिकता भए पनि तेस्रोलिङ्गी नछुट्याएकाले गर्दा मतदाता नामावलीमा नाम कम हुन गएको साहबाट थाहाभएको छ । तीन लाख ३७ हजार ३९ मतदाता रहेको बारा जिल्लामा ५१ जना मात्र तेस्रो लिङ्गी मतदाता रहेको कुरा जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सराफबाट थाहाभमउको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *