काठमाडौं, २२ जेठ– पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विश्वमा वातावरणीय सन्तुलन बिग्रिदै गएको बताएका छन् ।‘हिमचुचुरा पग्लेर नाङ्गा हुँदै गएका छन्, समुन्द्र छेउका बस्तीहरु अन्तबाट बगेर गएको माटोले उकासिदै गएको छ’ वातावरण दिवसको अवसरमा कागेश्वरी मनोहरा–६ स्थित चखण्डोल युवा क्लक तथा वन उपभोक्ता समितिद्धारा सोमवार आयोजित वृक्षरोपण कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले भने– वातावरण यसरी बिग्रिदै गयो भने हामी कोही रहँदैनौ पृथ्वीमा सबैको अस्तित्व समाप्त हुन्छ । त्यसैले अहिले सबै भन्दा ठूलो चुनौति भनेकै वातावरण जोगाउनु हो ।’

नेता नेपालले वातावरणप्रति सबैलाई सचेत गराउनर्कै लागि आफू प्रधानमन्त्री हुँदा कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राखेको बताए । ‘डाक्टरले त्यहाँ २० मिनेटदेखि बस्नु हुन्न भनेका थिए तर हामी २ घण्टा बस्यौ, प्रकृतिलेसाथ दियो’ उनले भने– त्यसपछि त्यहाँको कालोपत्थर मैले अमेरिकाको राष्ट्रपति बाराक ओबामालाई पठाए ।’ नेता नेपालले ओखरको विरुवा रोप्दै नगरपालिकोको प्रत्येक वडामा एक÷एक वटा पार्क बनाउनु पर्ने बताए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले नगर पर्यावरणमैत्री बनाउन ‘स्वच्छ , सफा हराभरा–कागेश्वरी मनोहरा’ भन्ने नाराको साथ अगाडि बढ्ने योजना भइरहेको जानकारी गराए ।









