०१ असार २०८३ , सोमबार

संसद बैठक १ बजे बस्दै, देउवालाई बधाईको ओइरो

काठमाडौं, २३ जेठ– मुलुकको ४० औ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदको बैठक १ बजे बस्दैछ । प्रधानमन्त्रीका एक्ला प्रत्यासी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अहिले फोन उठाउन भ्याइनभ्याइ छ । प्रधानमन्त्री निर्वाचन सुरु हुनुअघि देउवालाई बधाईको आइरो लाग्न थालेको उनको निजी सचिवालयले जनाएको छ ।
संसद बैठकमा पहिला प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री चयनको सम्बन्धमा संसदलाई पठाइएको पत्र सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाउने छिन् । प्रधानमन्त्री निर्वाचनको प्रक्रियाबारे जनकारी गराउनेछिन् । अनि दोस्रो चरणमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनेछ ।
प्रधानमन्त्रीमा निर्वािचत हुन कुल साँसद संख्या ५ सय ९३ को बहुमत अर्थात् २ सय ९७ हुनुपर्छ । घटना परिस्थितिले अर्कै रुप लिएन भने देउवाको पक्षमा बहुमत सजिलै पुग्ने देखिएको छ । नेपाली कांग्रेसका २०६ सांसद छन् । माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ ले देउवालाइृ समर्थन जनाइसकेका छन् । तीन सांसद भएको नेकपा संयुक्त, एक एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् । राप्रपाका ३७, फोरम नेपालका १५ र राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने आश्वासन दिएका छन्  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *