०३ बैशाख २०८३ , बिहिबार

कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेट माग

सल्यान । नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश कार्यसमितिको बैठक प्रेस, पर्यटन, विकासलगायत विषयलाई समावेश गर्दै दशबुँदे सल्यान घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको छ ।

 

सल्यानको पर्यटकीयस्थल खैरावाङ मन्दिरमा भएको पहिलो बैठकले घोषणापत्रमा मिडिया कानूनका लागि प्रस्तावित मस्यौदामा श्रमजीवी पत्रकार ऐन २०५१ खारेज गर्न प्रस्ताव गरिएकामा आपत्ति जनाउँदै राज्यले निर्माण गर्ने सबै कानुनमा श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन हुने गरी प्रेसमैत्री ऐन निर्माण गर्न माग गरिएको छ ।  कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्दै कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली रारा पर्यटन वर्ष अभियानलाई सफल बनाउनका लागि प्रदेशभित्रका सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

यस्तै सल्यानका खैरावाङ मन्दिर, कुपिण्डेताल र छत्रेश्वरी मन्दिरलाई कर्णाली प्रदेशका प्रमुख पर्यटकीयस्थलका रुपमा स्थापित गर्न तथा सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण र विकासका लागि सल्यानका पर्यटकीय गन्तव्यको विकास गर्न सल्यान गुरुयोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी जोड्ने खलंगा–बालुवा संग्रही, कपुरकोट काल्चे कालीमाटी, बोटेचौर जोड्ने सडक तथा प्रदेशका सबै जिल्ला सदरमुकाम जोड्ने सडक यथाशक्य स्तरोन्नति गर्न बैठकले माग गरेको पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले जानकारी दिए । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *