०३ बैशाख २०८३ , बिहिबार

कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

बैशाख २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीको केही समयअघि सम्पन्न भारत भ्रमणका क्रममा दिल्लीबाटै शिलान्यास गर्ने भनिए पनि उक्त कार्य हुन पाएको थिएन । जलविद्युत ऐनअनुसार जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र उर्जा मन्त्रालयले दिने प्रावधान भए पनि अरुण तेस्रो अनुमानित लगानी बोर्डमार्फत प्रवद्र्धक कम्पनी भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेबीएन) लाई दिइएको हो ।

जसका निम्ति कुनै कानुनसमेत संशोधन गरिएको छैन । वैशाख २० गते सो कम्पनीलाई विद्युत उत्पादन अनुमति दिइएको थियो । मोदी नेपाल आउने भएपछि हतारमा सो निर्णय गरिएको बताइएको छ । सो आयोजनाको उत्पादन अनुमतिपत्रका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचारराधीन छ ।

विद्युत उत्पादन अनुमतिपत्रका सम्बन्धमा विवाद बढेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विद्युत उत्पादनको मनुमतिपत्र जारी गर्ने निकाय उर्जा मन्त्रालय नै भएको राय दिएको थियो ।–समाचारपत्र दैनिक

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *