०३ बैशाख २०८३ , बिहिबार

कोहलीविरुद्ध बलिङ गरेका सन्दीपको मैदानबाट यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले शनिबार इण्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो पटक डेब्यू गरेका छन् । दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीपले शनिवार पहिलो पटक विश्वका उत्कृष्ट ब्याट्सम्यानद्धय विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गरेका हुन् । विश्वका उत्कृष्ठ ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा आफुले निकै रमाईलो गरेको प्रतिक्रिया दिएका छन् ।

 

दिल्ली डेयरडेभिल्सले सन्दीपलार्इ भारतीय कप्तान समेत रहेका विराट कोहलीको टोलीविरुद्ध डेब्यू गराएको थियो । डेब्यूपछि माइकल क्लार्कलार्इ अन्तर्वाता दिँदै सन्दीपले विराट र डेभिलियर्सविरुद्ध बलिङ गर्दा आफूले निकै रमाईलो गरेको बताएका हुन् ।  उनले भने, ‘विश्वका २ उत्कृष्ट ब्याट्सम्यानहरुलार्इ मलार्इ गर्न पाउनु निकै ठूलो अवसर हो । मैले उनीहरुबाट धेरैकुरा सिक्ने मौका पनि पाए। जस्तो कि, उनीहरुले म विरुद्ध देखाएको धैर्यता । यो गज्जब थियो । उनीहरु विरुद्ध बलिङ गर्दा निकै इन्ज्वाय गरे ।

 

’ सन्दीपले आइपीएल डेब्यू भएकोमा पनि खुशी व्यक्त गरेका छन्। उनले भने, ‘मैले संसारभरबाट म्यासेज पाएको छु। मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ।’ बैंग्लोर विरुद्ध शनिवारको खेलमा दिल्लीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीपले ४ ओभरमा २५ रन खर्चेर एक विकेट लिएका थिए । उनी नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *