जेठ ८, लुम्बिनी । रमजान मनाइरहेका लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँ शोकमा परेको छ ।
सोमबार मध्यदिनमा ४ बालिका नुहाउने क्रममा पोखरीमा डुबेपछि गाउँ शोकमग्न भएको समाचार कान्तिपुरमा छापिएको छ ।
उनीहरु चारै मुस्लिम समुदायका हुन् भने दुई जना एकै परिवारका ।
मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् ।








