जेठ १३, काठमाडौँ । नेपालीको प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको सरकारले जनाएको छ । अघिल्लो वर्षको तुलनामा ऋण १९ प्रतिशतले बढेको हो ।

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा तिर्न बाँकी ऋणलाई आधार मानेर यो तथ्यांक निकालिएको हो । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० थियो ।
आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएकाले पनि प्रतिव्यक्ति ऋण बढेको अर्थमन्त्री युवराज खतिवडाले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १९ अर्ब ८० करोड बराबरको आन्तरिक ऋण परिचालन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो अवधिमा आन्तरिक ऋणको भुक्तानी १५ अर्ब २५ करोड मात्रै भएको छ ।
सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण ८ खर्ब ४३ अर्ब पुगेको छ ।








