२० जेठ २०८३ , बुधबार

श्रमिकको तलव बैंक खातामा, नगदमा दिन नपाइने

जेठ १५, काठमाडौँ । हरेक उद्योग एवम् प्रतिष्ठानले श्रमिकको तलब अबदेखि बैंक खातामा जम्मा गरिदिनुपर्ने भएको छ । आजको नागरिकमा खबर छ ।

 

मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

 

नगदमा दिँदा श्रमिकले सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *