१७ जेठ २०८३ , आइतबार

कर्मचारीको महँगी भत्ता एक हजार वृद्धि

जेठ १६, काठमाडौँ । सरकारले साउनदेखि लागू हुनेगरी कर्मचारीको महङ्गी भत्ता एक हजार रुपियाँले बढाएको छ । हाल एक हजार रुपियाँ पाउँदै आएकोमा अब यस्तो भत्ता दुई हजार रुपैयाँ दिइनेछ ।

 

यस्तै निजामती, स्वास्थ्य र सामुदायिक विद्यालयका शिक्षकलाई पोशाक भत्ताको रकम पुनरावलोकन गरी दस हजार रुपियाँ पु¥याइएको छ । यसअघि सात हजार पाँच सय रुपियाँ पाउने व्यवस्था थियो ।

 

बजेटमा कर्मचारीहरूको सावधिक जीवन वीमाको वीमाङ्क वृद्धि गरी दुई लाख पु¥याईएको छ । बीमा प्रिमियम ५० प्रतिशत सरकार र ५० प्रतिशत कर्मचारीले व्यहोनुपर्ने व्यवस्था बजेटमा छ ।

 

त्यस्तै आगामी साउन १ गतेपछि नियुक्त भएका कर्मचारीले पेन्सनको सट्टा उपदान पाउने व्यवस्था सरकारले गरेको छ । सबै राष्ट्र सेवकका लागि योगदानमा आधारित निवृत्तभरण योजना अनिवार्य रूपमा लागू गर्न लागिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको नियमावली तर्जुमा गरी उपदान योजना लागू गरिने बजेटमा उल्लेख छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *