०४ बैशाख २०८३ , शुक्रबार

भाइको शव लिएर घर जाँदा दाजुको पनि मृत्यु

जेठ १६, पाँचथर । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–२ का ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको भाइको शव लिएर घर जाँदै गर्दा पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर ज्यान गएको छ ।

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

 

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ ।

 

दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा गाडी दुर्घटनामै एक हप्ताअघि ज्यान गएको थियो ।

 

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताएको खबर गोरखापत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *