जेठ १७, काठमाडौं । गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ ।

अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङका अनुसार ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि विहीवार निवेदन दिइने छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकीकरणभएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।








