जेठ २६, काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरक्षक (एआइजी) को दरवन्दी सङ्ख्या घटाइने भएको छ ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीमा एआईजीको संख्या घटाएर १६ बाट ५ र सशस्त्रमा ९ बाट २ जना कायम गरिने भएको छ ।
स्रोतका अनुसार गृह मन्त्रालयले दुवै संगठनको नियमावली संशोधन गरी नेपाल प्रहरीमा प्राविधिकसहित पाँच र सशस्त्र प्रहरीमा दुई एआईजी राख्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने गृहकार्य गरेको छ ।
यसअघि आवश्यकताभन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थमा परी सरकारले हचुवाका भरमा एआईजीको सङख्या बढाउँदै लगेको थियो ।








