०३ बैशाख २०८३ , बिहिबार

अनुसन्धानका नाममा शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

जेठ २७, काठमाडौँ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको रगत अनुसन्धानका नाममा विदेशी संघसंस्थाले आफ्नो देश पु¥याउने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शेर्पा समुदायको जीन अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरुको रगत लैजाने गरेका हुन् ।

 

हिमाली भेगका शेर्पा फरक फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।

 

संघ संस्थाहरुले रगत लैजाने क्रम बढेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले कडाइ गरेको छ ।

 

यस्तै विमानस्थलस्थित अध्यागमन विभाग र प्रहरीलाई समेत पत्राचार गरी रगत लान रोक लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *