२० जेठ २०८३ , बुधबार

महङ्गी नामको खड्ग ओली र भ्रष्ट्राचार नामका प्रचण्डलाई ठेगान लाउन विद्यार्थी आन्दोलन ः किराती (भिडियोसहित)

जेठ २७, काठमाडौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रको पुनर्गठनमा लागेका गोपाल किरातीले प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई ठेगान लगाउने बताएका छन् । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठ राजनीतिक विद्यार्थी संघले आयोजना गरेको ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

 

‘यो महङ्गी नामको खड्ग ओली र भ्रष्ट्रचार नामको प्रचण्डलाई ठेगाना लगाउनको निम्ति आठ विद्यार्थी संगठनलाई म सफल हुनेछ र रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ किरातीले रामकृष्ण ढकालको गीत स्मरण गर्दै भने, ‘दुई चार वर्षमा नेपाली जनताले एउटा गीत गाउनैपर्नेछ र गाउनेछन् । ओली र प्रचण्डको समाजवाद देखियो/समृद्धि पनि देखियो ।’

 

किरातीले प्रधानमन्त्री ओलीको राष्ट्रवाद नरेन्द्र मोदीको जनकपुर भ्रमणबाटै उदाङ्गिएको पनि बताए ।

 

कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल लगायतले बोलेका थिए ।

https://youtu.be/4VElGYyq2fg

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *