जेठ २८, सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने ऐतिहासिक शिखर वार्ताका लागि दुवै नेता सिंगापुर पुगेका छन्।
क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् ।
उत्तर कोरियाली नेता किम सिंगापुृर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।







