जेठ २८, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी (राजपा) लाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।
त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ । संसदमा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
गत साता समाजवादी फोरम सरकारमा सहभागी भएपछि राजपालाई समेत संविधान संशोधनको विश्वास दिलाएर सरकारमा सहभागी गराउने पहल थालिएको जनाइएको छ ।








