२० जेठ २०८३ , बुधबार

कांग्रेसका संस्थापनइतर पक्षले नेतृत्व परिवर्तनको मुद्दा देशव्यापी बनाउने

जेठ २९, काठमाडौँ । कांग्रेसको संस्थापनइतर पक्षले नेतृत्व परिवर्तनको मुद्दालाई देशव्यापी अभियानका रूपमा अगाडि लैजाने उद्घोष गरेको छ ।

 

पार्टी सुधारका निम्ति नेतृत्व परिवर्तन अनिवार्य भन्दै मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान थाल्ने उद्घोष गरेको हो । वर्तमान नेतृत्वबाट दुई तिहाइ जनमत बोकेको कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसकिने निचोड पनि यो समूहले निकालेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको कार्यशैलीलाई मुख्य दोष दिँदै आएको संस्थापन इतर पक्षीय नेताहरूले नेतृत्व परिवर्तनको मुद्दालाई जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै पार्टीको तल्लो पंक्तिसम्म पु¥याउने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *