जेठ ३०, काठमाडौँ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई मेसिन ल्याएसँगै अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) पाइने भएको छ । यससँगै वितरणमा हुँदै आएको ढिलाई हट्ने भएको छ ।
नेपाल समाचारपत्र दैनिकको समाचारअनुसार विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन ।
तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ ।
अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।








