०४ बैशाख २०८३ , शुक्रबार

मन्त्रीलाई प्रश्न सोध्दा १२ वर्षदेखिको कार्यक्रम नै बन्द !

जेठ ३१, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणका बारे प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ वर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।

 

कान्तिपुर दैनिकमा छापिएको समाचारमा कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएको उल्लेख छ ।

 

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसारण हुने ‘सिधा प्रश्न’ नामक कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट ‘मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ?’ भन्ने प्रश्न गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *