२० बैशाख २०८३ , आइतबार

माल्दीभ्सका पूर्व राष्ट्रपतिलाई १९ महिनाको जेल सजाय

जेठ ३१, माले । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई त्यहाँको एक अदालतले १९ महिनाको जेल सजायको फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

 

आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्ने भएको हो ।

 

गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो ।

 

उनीहरू तीनै जनालाई फरक फरक आरोप लगाइएको छ । प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ । तर उनीहरूको मुद्दा भने अहिले अगाडि बढेको छैन ।

 

देशमा संकटकालको घोषणा गर्ने वित्तिकै उनीहरूलाई पक्राउ गरिए पनि अभियोग लागेकाहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *