जेठ ३१, काठमाडौँ । कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको खबर आजको नागरिक दैनिकमा छ ।
विधेयकमा गर्भपतन अधिकार र कसुर दुवै हुने व्यवस्था गर्न लागिएको छ ।
महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ ।








