०३ बैशाख २०८३ , बिहिबार

वरिष्ठ कलाकार भीमबहादुर थापाको बुधबार निधन

जेठ ३०, काठमाडौँ । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा बुधबार बिहान करिब दुई बजे निधन भएको छ ।

वि. सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै सयवटा चलचित्र र तेलिचलचित्रमा अभिनय गरेका थिए । उनी ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा समेत लडाईँ लडेका थिए ।

 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा केही समय राखिने र बिहान १० बजेतिर पशुपति आर्यघाट लगिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *