असार २, महेन्द्रनगर । धनुषाको मिथिला नगरपालिकाको ढल्केवर नजिकै बसही पुलमा एम्बुलेन्स दुर्घटना हुँदा दुर्घटनास्थलमै चालकको मृत्यु भएको छ ।
पूर्वदेखि पश्चिम गइरहेको ज १ च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना भएको थियो ।
बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा मिथिला नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।








