०३ बैशाख २०८३ , बिहिबार

चवहिल–जोरपाटी सडकखण्ड भद्रगोल

असार २, काठमाडौँ । चावहिल–जोरपाटी सडकखण्ड तीन बर्षअघि विस्तार कार्य शुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन ।

 

२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । तर निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसक्दा पनि १० प्रतिशत मात्र काम सकिएको आयोजनाले जनाएको छ ।

 

बर्षातको समयमा गाडी नै डुब्नेगरी सडकमा पानी जम्ने र पानी नपरेको समयमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *