०३ बैशाख २०८३ , बिहिबार

विश्वकप फुटबल ः स्पेन पोर्चुगलसँग बराबरीमा रोकियो, मोरक्कोको आत्मघाती गोलले इरान विजयी

असार २, काठमाडौँ । युरोपेली महारथी स्पेन र पोर्चुगलबीचको शुक्रबार राती भएको रोमाञ्चक खेल बराबरीमा टुङ्गियो ।

 

खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । उनले पहिलो गोल पेनालटीबाट, अर्को अर्को गोलकिपरको हातैबाट फुस्कने गरी र अन्त्यमा फ्रि किकबाट गरेका हुन् । निकै रोमाञ्चक रहेको खेलमा स्पेनले बल नियन्त्रणमा भने हाबी जमाएको थियो ।

 

समूह बी अन्तर्गतको खेलमा स्पेनका लागि डियगो कोस्टाले दुई गोल गरे भने नाचोले अर्को गोल दिलाए ।

त्यस्तै यसअघि भएका दुई खेलमा उरुग्वे र इरान विजयी भए । उरुग्वे र इजिप्टबीचको खेल लगभग बराबरी नतिजातर्फ उन्मुख हुँदै गर्दा ९० औँ मिनेटमा इजिप्टलाई स्तब्ध पार्न उरुग्वेका गिमिनेजले गोल गरे र आफ्नो टिमलाई जित दिलाए ।

 

यसैगरी निर्धारित ९० मिनेटको खेल सकिएर थपिएको इन्जुरी टाइममा इरानका एहसान हाजीले प्रहार गरेको फ्रिकिक मोरक्कोका अजिज बाउहाडोजले हेड गर्दा आत्मघाती गोल हुन पुग्यो । त्यससँगै इरान १–० ले विजयी भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *