असार २, तेहरान । इरानमा विश्वकप फुटबल प्रतियोगीताको खेल सार्वजनिक स्थलमा प्रतिबन्ध लगाइएको छ ।
मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएको जनाइएको छ ।
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए ।
तर एउटा खेल सम्बन्धी अनलाईन खवर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित हँुदा कुनै कारण उल्लेख गरिएको छैन ।








