०३ बैशाख २०८३ , बिहिबार

मेस्सी पेनाल्टीमा चुकेसँगै अर्जेन्टिना जितबाट चुक्यो, आइसल्यान्डले रोक्यो बराबरीमा

असार ३, काठमाडौँ । विश्वकप फुटबलको समूह डि अन्तर्गतको अर्जेन्टिना र आइसल्यान्डबीचको खेल बराबरीमा सकिएको छ । रसियामा जारी खेलमा अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्डले १–१ को बराबरीमा रोकेको हो ।

 

पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए ।

 

खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले लिओनल मेस्सीको पेनाल्टी प्रहारलाई विफल बनाइदिए ।

 

रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् । यससँगै अर्जेन्टिना आफ्नो पहिलो खेलमा जितबाट चुकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *