०३ बैशाख २०८३ , बिहिबार

विश्व फुटबलका महारथी टिम कमजोर, जर्मनीको हार हुँदा ब्राजिल बराबरीमा

असार ४, काठमाडौँ । विश्व फुटबलका महारथी मानिदै आएका टिमहरू पछिल्लो खेलहरूमा कमजोर देखिएका छन् ।


हिजो भएको खेलमा डिफेण्डिङ च्याम्पियन जर्मनीले मेक्सिकोलाई खेल १–० ले सुम्प्यो । राती भएको खेलमा सर्वाधिक विजेता ब्राजिल समेत स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । यसअघि भएका खेलहरूमा अर्जेन्टिना पहिलो पटक विश्वकपमा सहभागी आइसल्यान्डसँग बराबरीमा रोकिएको थियो भने पोर्चुगलले स्पनेलाई बराबरीमै रोकेको थियो ।

 

समुह एफ अन्र्तगतको खेलमा मेक्सिकोलाई जित दिलाउन हार्भिङ लोजानाले गोल गरेका थिए । जर्मनीले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि गोलको जाली भने चुम्न सकेन । त्यसका लागि मेक्सिकोका गोलकिपरको उत्कृष्ट प्रदर्शन रह्यो । उनले जर्मनीका ९ सशक्त प्रहार बिफल बनाइदिए ।

 

समुह ई अन्तरगत मध्यराती भएको खेलमा ब्राजिल स्विटजरल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाढ्न बाध्य भयो । २० औ मिनेटमाफिलिप काउटिन्होको गोल मार्फत ब्राजिलले अग्रता बनाएको थियो । ५० औ मिनेटमा स्टेभेन जुबेरले गोल गर्दै खेल बराबरीमा र्पुयाए । खेल अवधिभर स्विट्जरल्याण्डमाथि हावी भएको ब्राजिलका आधा दर्जन प्रहार असफल भएका थिए ।

 

सोही समुहको अर्को खेलमा भने सर्बियाले कोष्टारिकालाई १–० ले पराजित र्गयो । पहिलो हाफ गोलरहित बरारबीमा सकिएपनि ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल उसलाई जिताउन निर्णायक बन्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *